चार दिनपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन्।

सामान्य हृदयाघात (माइनर अट्याक) भएपछि गत आइतबार धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता खनाल बुधबार दिउँसो घर फर्किएको उनको सचिवालयले जनाएको छ। 

frontline

खनालको उपचारमा डा. रोशन राउत नेतृत्वको मेडिकल टोली खटेको थियो।

खनालको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र केही दिन घरमै आराम गरेपछि उनी पुनः सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुने उनको सचिवालयको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here