ग्लोबल आइएमई बैंकद्धारा टिच फर नेपाललाई ८ लाख सहयोग
ग्लोबल आइएमई बैंकले टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलाई आर्थिक सहयोग गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । सो सहयोग रकम बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटीले टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई हस्तान्तरण गरेकी हुन् । बैंक सदैव सामाजिक कार्यमा अग्रसर रहेको प्रमुख शिवाकोटीले बताए । अधिकृत श्रेष्ठले टच फर नेपाल फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गरे । बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।






प्रतिक्रिया दिनुहोस्