काठमाडौं महानगरमा २५ अर्ब ११ करोडको बजेट सीमा

राजस्व परामर्श समिति बैठकले आगामी आवका लागि करिब २५ अर्ब ११ करोड बराबर  बजेट सीमा निर्धारण गर्दै बजेट सार्वजनिक गर्ने तयारी गर्दै छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ बराबर निर्धारण गरेको छ।
  • राजस्व परामर्श समितिको बैठक काठमाडौं प्लाजामा महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको थियो।
  • बैठकले पूर्वाधार विकासमा बजेट थप गर्ने निर्णय गर्दै बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

२७ असार, काठमाडौं । काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब रुपैयाँ बराबर निर्धारण गरेको छ ।

राजस्व परामर्श समिति बैठकले उक्त सीमा निर्धारण गरेको महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिको बैठक आजै बसेको थियो ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) साहको अध्यक्षतामा महानगर कार्यालय काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आवका लागि बजेट सीमा निर्धारण गरेको हो ।

बैठकले आगामी आवका लागि करिब २५ अर्ब ११ करोड बराबर  बजेट सीमा निर्धारण गर्दै बजेट सार्वजनिक गर्ने तयारी गर्दै छ ।

बैठकमा प्रमुख साहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आवको तुलनामा आगामी आवमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजस्व परामर्श समितिले निर्णय समेत गरेको छ ।

काठमाडौं महागरपालिका

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here