एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने
काठमाडौं : नेपालमा एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्लेअफ प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघका सचिव पारस खड्काले आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा विश्वकपको छनोट प्लेअफ प्रतियोगिता सञ्चालन हुने जानकारी दिए।
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी ८ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको शीर्ष चारमा रहने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन्।
हाल नेपालसहित यूएई र क्यानडा लिग २ को अन्तिम ४ मा रहने निश्चित भइसकेको छ।






प्रतिक्रिया दिनुहोस्