आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दै, बैठक बजेटमै केन्द्रीत हुने सम्भावना

फ्रन्टलाइन राजनीति । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान ११ बजे बस्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। यसर्थ बजेटबारे नै बढि छलफल केन्द्रीत हुने आंकलन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज अपराह्न ४ बजे बजेट सार्वजनिक गर्दै हुनुहुन्छ । प्रतिनिधि सभा विघटन गरेपछि पनि सरकारले जेठ १५ गते नै अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो। आजको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेशमार्फत ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here