अफगानिस्तानमा कार बम विस्फोट, कम्तीमा ३० जनाको मृत्यु

फ्रन्टलाइन विश्व परिवेश । अफगानिस्तानमा बम विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको सो विस्फाेटमा परि अरु ७० जना घाइते भएका छन् ।

अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पताल बाहिर सडकमा विस्फोट भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । घटनामा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।

frontline

विस्फोटनका कारण प्रान्तीय अस्पतालको भवन र सँगै रहेको एम्बुलेसन्समा पनि क्षति पुगेको अधिकारीहरुले बताएका छन् । घटनाबाट ज्यान गुमाउने तथा घाइते हुनेहरुमा स्वास्थ्यकर्मीहरु समेत छन् । विश्वविद्यालयको प्रवेश परीक्षामा सहभागी हुन लोगार जिल्लाबाट आएका विद्यार्थीहरु पनि घटनामा परेका छन् ।

चालकले भीडमा पुर्‍याएर कारसहित विस्फोट गराएका र अहिलेसम्म घटनाको कसैले जिम्मा नलिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here