अपाङ्गता समावेशी विकाससम्बन्धी सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

अपाङ्गता समावेशी विकाससम्बन्धी सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

मेवालाल यादव

frontline

धनुषा — राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र मिथिला नगरपालिकाको समन्वयमा ‘अपाङ्गता समावेशी विकासका लागि प्रदेश तथा स्थानीय तहमा गरेका प्रयासहरू तथा उपलब्धीका विषयमा सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम’ सम्पन्न भएको छ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, मधेश प्रदेश अध्यक्ष राजेश साहको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा प्रदेश र स्थानीय तहबाट अपाङ्गता समावेशी विकासका लागि भइरहेका प्रयास, प्राप्त उपलब्धि र आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो।
शिक्षा तथा खेलकुद मन्त्रालयका डा. मुक्ति नारायणको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सोही मन्त्रालयकी श्री सङ्गीता गुप्ता , विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै, खेलकुद तथा समाज कल्याण मन्त्रालयका शाखा अधिकृत श्री नवल किशोर यादव समेत कार्यक्रममा विशेष उपस्थिति रहेको थियो।

अन्तरक्रिया सत्रमा स्थानीय सरकार र विकास साझेदार निकायका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रका असल अभ्यासहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा मिथिला नगरपालिकाका वडा अध्यक्षज्यूहरू, शहीदनगर नगरपालिकाका उपप्रमुख, The Asia Foundation की प्रदेश संयोजक श्रीमती मञ्जु विश्वकर्मा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल को सचिव बिजय कुमार यादव,प्रदेश व्यवस्थापक कल्पना साह, एकाउटेड ज्योती साह तथा विभिन्न संघसंस्थाका प्रतिनिधिज्यूहरूको सक्रिय सहभागिता रहेको थियो।


सहभागी वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न र विकास निर्माणका हरेक चरणमा उनीहरूको अर्थपूर्ण सहभागिता बढाउन प्रदेश तथा स्थानीय तहबिच अझ प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए। आगामी नीति, योजना तथा बजेट निर्माणमा अपाङ्गतामैत्री र पहुँचयुक्त संरचनालाई प्राथमिकता दिने साझा प्रतिबद्धतासहित कार्यक्रम समापन भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

poster-here