✅ २४ सशस्त्र प्रहरी उपरीक्षकको सरुवा, धिमाल हलचोक मुख्यालय तानिए
सशस्त्र प्रहरी बल, नेपालले २४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। २०८२ साउन १ गतेदेखि लागू हुने गरी सरुवा गरिएको उनीहरूलाई सरुवा भएको कार्यालयबाटै तलब, भत्ता तथा रासन पाउने व्यवस्था गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर, पर्साका गणपति एसपी राधेश्याम धिमालको समेत सरुवा गरिएको छ। उनलाई काठमाडौँस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय मुख्यालय हलचोकमा पठाइएको हो। धिमालको स्थानमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण हे.क्वा. महोत्तरीमा कार्यरत पुरन चन्द्र भट्टले जिम्मेवारी सम्हाल्ने भएका छन्।
सामान्य प्रशासनिक आवश्यकता र कार्यसञ्चालनको दृष्टिकोणले गरिएको सरुवा सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका अधिकृतहरूका लागि लागू गरिएको हो। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ बमोजिम तथा नियम ३५ को उपनियम (१) को खण्ड (ग) अनुसार सशस्त्र प्रहरी महानिरीक्षकले असार ६ गते निर्णय गरी सरुवा आदेश जारी गरेको विज्ञप्तिमा उल्लेख छ।






प्रतिक्रिया दिनुहोस्