संसदमा रास्वपाको नाराबाजी, सभामुखले अघि बढाए बैठक

समाचार सारांश

  • प्रतिनिधिसभा बैठकमा रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरेको छ।
  • रास्वपाले भिजिटि भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गरेको हो।
  • सभामुख देवराज घिमिरेले विनियोजन विधेयक अन्तर्गत छलफल अघि बढाए।

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा रास्वपाले आजपनि नाराबाजी गरेको छ । भिजिटि भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले रोस्टम घेराउसहित नाराबाजी गरेको हो ।

frontline

यद्यपि सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् । 

उनले विनियोजन विधेयक अन्तरगत युवा तथा खेलकुद मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजनसम्बन्धी छलफल चलाएका हुन् । 

छलफलमा ८ जना सदस्यले बोल्न नाम टिकाएका छन् ।

#संसद #रास्वपा #नाराबाजी #सदन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here