वेत्रावतीमा बेलिब्रिज जडानको काम तीव्र
नुवाकोट । नुवाकोट र रसुवा जोड्ने मुख्य सडक सञ्जाल पुनः सञ्चालन गर्ने उद्देश्यले वेत्रावतीमा बेलिब्रिज जडानको काम तीव्र पारिएको छ । रातीमा समेत कामलाई निरन्तरता दिइएको छ ।

बेलिब्रिज जडानको काम युद्धस्तरमा अघि बढाइएको र हालसम्म करिब आधा काम सम्पन्न भएको जनाइएको छ । लगातारको वर्षाका कारण कामको गतिमा केही असर परेको भए पनि यसै साता जडान कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आगामी आइतबारभित्र बेलिब्रिजमार्फत नुवाकोट–रसुवा यातायात सेवा सञ्चालन गर्ने तयारी गरिएको सडक विभागले जनाएको छ । बेलिब्रिज जडान सम्पन्न भएपछि दुई जिल्लाबीचको मुख्य सडक सञ्जाल पुनः सञ्चालनमा आउनेछ ।






प्रतिक्रिया दिनुहोस्