बेनी-जोमसोम-कोरला सडक : कुनौटामा मार्ग छिचोलियो
म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा पर्ने कुनौटामा यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले २५० मिटर सडक कटान गरेर बगाएको थियो । बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले बुधवार कुनौटा भीरमा कालीगण्डकीले कटान गरेको ठाउँमा माटो फिलिङ गरेर मार्ग छिचोलिएको जानकारी दिए ।
“बेनी-जोमसोम-कोरला सडक मर्मतका लागि बेससहित कालीगण्डकीले सडक बगाएर कुनौटामा पैदलयात्रा गर्न पनि वैकल्पिक बाटोबाट जोखिम मोलेर हिँड्नुपर्ने अवस्था थियो”, उनले भने, “चार दिनको प्रयासमा कुनौटामा दुईतर्फबाट जोडिएको सडकलाई फिलिङ, लेभल मिलाउने र सवारीसाधन सञ्चालन गर्न योग्य बनाउन थप एक/दुई दिन लाग्न सक्छ ।”






प्रतिक्रिया दिनुहोस्