वाईवाईको गुणस्तर खस्केको चौधरीद्वारा बल्ल स्वीकार

विवादास्पद व्यापारी तथा काँग्रेस सांसद विनोद चौधरीको वाईवाई चाउचाउको व्यापार घटेको छ । वाईवाई बेचेर आफू डलर अर्बपति भएको बताउँदै आएका उनले सन् २०२३ को तुलनामा २०२४ मा त्यसको बिक्री ११ प्रतिशतले घटेको स्वीकारेका छन्।

वाईवाई उत्पादन गर्ने कम्पनी सिजी फुड्स नेपालको विवरणमा उक्त तथ्याङ्क प्रकाशित छ । भनिएको छ, ‘सन् २०२३ मा १२ अर्ब ५१ करोड ३० लाख रुपैयाँको कारोबार गरिएको थियो । सन् २०२४ मा ११ अर्ब ६७ करोड ३० लाख रुपैयाँ भयो ।’ तर यसमा वाईवाईलगायत अन्य खाद्य सामाग्रीको बिक्रीसमेत जोडिएको बताइन्छ ।

frontline

चालु आर्थिक वर्षको नौ महिनामा सिजी फुड्सले ५ अर्ब ७१ करोड १० लाख रुपैयाँको व्यापार गरेको जनाइएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा पछिल्लो समय मानिसहरुको स्वादले नयाँपन खोज्दा मसालेदार चाउचाउप्रति रुची बढेकाले कम्पनीको व्यापारमा कमी आएको उल्लेख छ । 

तर, वास्तविकता अर्कै रहेको सिजी फुड्सको सेवाबाट अलग भएकाहरु बताउँछन् । उनीहरुका अनुसार गत वर्षदेखि वाईवाईको गुणस्तरबारे विभिन्न प्रश्न उठेका छन् । राजधानीको काठमाडौं महानगरपालिकाले नै यसको गुणस्तरमाथि प्रश्न उठाएर कारबाही गरेको थियो भने अन्य स्थानीय निकायले यसको प्रयोग र व्यापारमा प्रतिबन्ध लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here