रास्वपा र राप्रपाका सांसदहरुले गरे संसद बैठक बहिस्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।्
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै आज(विहीबार) पनि बैठक बहिस्कार गरेका हुन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराएलगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।
सभामुख घिमिरेले रास्वपा सांसद चन्दा कार्की (भण्डारी) र राप्रपाका सांसद ध्रुवबहादुर प्रधानलाई बोल्न समय दिएका थिए ।
दुबै पार्टीका सांसदहरू आफ्नो धारणा राखेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् । उनीहरुले गत जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् ।

frontline

रास्वपा र राप्रपाका सांसदहरुले गरे संसद बैठक बहिस्कार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै आज९विहीबार० पनि बैठक बहिस्कार गरेका हुन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराएलगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।
सभामुख घिमिरेले रास्वपा सांसद चन्दा कार्की ९भण्डारी० र राप्रपाका सांसद ध्रुवबहादुर प्रधानलाई बोल्न समय दिएका थिए ।
दुबै पार्टीका सांसदहरू आफ्नो धारणा राखेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् । उनीहरुले गत जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here