राजनीतिक चलखेलको आशंकामा गणेश लामा प्रहरी नियन्त्रणमा

काठमाडौं । पोखरा गुण्डाको छवि भएका नेपाली कांग्रेसका नेता गणेश लामालाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञाका बेला अचानक काठमाडौंबाट पोखरा आइपुगेका लामा लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

frontline

निषेधाज्ञा उल्लंघन गर्दै पोखरा आएका उनी होटल पोखरा बुटिकबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला घेरा हालेर प्रहरीले नियन्त्रणमा लिएको हो ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची भएका बेला लामा पोखरा आउनुलाई उनले राजनीतिक चलखेल गर्न आएको आशंका गरिएको छ ।

उक्त आशंकाका बीच युवा तथा खेलकुद मन्त्री दीपक मनाङे विश्वासको मतदानका बेला बिहीबार प्रदेश सभा गएनन् ।

विगतमा गुन्डाको छवि भएका गणेश लामा अहिले कांग्रेसको राजनीतिमा छन् ।

उनी कांग्रेसबाट चुनावसमेत लडेका थिए ।

यता त्यस्तै छवि भएका मनाङेले भने मनाङबाट चुनाव जिते ।

प्रहरी स्रोतले सांसद मनाङे बिहीबार दिनभर सम्पर्कविहीन भएकै बेला लामालाई पक्रनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here