भारतको तट आइपुग्यो ‘अर्नब’ चक्रवात : आन्ध्र प्रदेश र ओडिसाममा भारी वर्षा, हजारौँ विस्थापित

काठमाडौँ। भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लाको कलिंगपट्टनम नजिकै ‘अर्नब’ चक्रवात तटमा ठोक्किएको छ। 

मौसम विभागका अनुसार यो प्रणाली पछिल्लो ६ घण्टामा ३ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम-उत्तर-पश्चिम दिशातर्फ अघि बढेको थियो। यसले सेप्टेम्बर २३ राति ११ बजेदेखि असोज ०८ गते (सेप्टेम्बर २४) राति १ बजेको बिचमा कलिंगपट्टनमको दक्षिण-पश्चिम तट पार गरेको छ। 

frontline

चक्रवातको प्रभावका कारण धेरैजसो क्षेत्रमा भारी वर्षा हुनुका साथै ७५ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चलेको छ। एनटीआर जिल्लाको विजयवाडामा बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। यसले गर्दा होचा भूभागहरू जलमग्न बनेका छन् भने सहरका धेरैजसो विद्यालयहरूमा लगातार दोस्रो दिन पनि बिदा घोषणा गरिएको छ। 

ओडिसामा पनि यसको व्यापक असर देखिएको छ। त्यहाँ करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। मलकानगिरीमा भारी वर्षाका कारण कयौँ पुलहरू बगेका छन् भने पुलमाथि ३ देखि ४ फिटसम्म पानी बगिरहेको छ। 

राज्यका कम्तीमा ७ जिल्लामा विद्यालयहरू बन्द गरिनुका साथै सरकारी कर्मचारीहरूको बिदा रद्द गरिएको छ। परिस्थिति नियन्त्रणमा राख्न ११ जिल्लाका कलेक्टरहरूलाई राहत तथा उद्धारको तयारी पूर्ण राख्न निर्देशन दिइएको छ। 

यसैबिच पश्चिम बङ्गालका केही भागमा पनि भारी वर्षाको अनुमान गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै दार्जिलिङ र कलिम्पोङ क्षेत्रमा पहिरोको चेतावनी जारी गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here