बागमती प्रदेशसभा अधिवेशन जेठ १६ बाट शुरु हुँदै
फ्रन्टलाइन प्रदेश । बागमती प्रदेशसभाको अधिवेशन १६ जेठदेखि सुरु हुने भएको छ । बागमती प्रदेशसभाको अधिवेशन १६ जेठदेखि सुरु गर्न बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू सहमत भएका हुन् ।
बिहीबार बागमती प्रदेशको प्रदेश सुशासन केन्द्र जावलाखेलमा बसेको सर्वदलीय बैठकमा १६ जेठदेखि प्रदेशसभाको अधिवेशन सुरु गर्ने र बैठकले प्रदेशसभा कसरी चलाउने तथा कोभिड – १९ को महामारीका बीचमा कसरी सहज ढंगले चलाउने भन्ने विषयमा छलफल भएको हो । संसद् अधिवेशन चलाउनको निमित्त कस्तो खालको तयारी गर्ने भनेर सर्वदलीय बैठकको आयोजना गरिएको हो । बैठकमा प्रदेशसभाको अधिवेशनलाई कसरी प्रभावकारी ढंगले सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको सहभागी नेताहरूले बताएका छन् ।






प्रतिक्रिया दिनुहोस्