‘फ्लाइङ ट्याक्सी’ ः नेपालमा यातायातको राम्रो विकल्प बन्नसक्छ
नाडा अटो शो मा चर्चित बनेको ‘फ्लाइङ ट्याक्सी’ नउडाइ फिर्ता पठाइयो
प्रमिला कार्की ÷ नेपाल न्यूज बैंक
काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा भएको सवारीसाधन प्रदर्शनी मेला ‘नाडा अटो शो २०२५’ मा प्रदर्शनमा राखिएको फ्लाइङ ट्याक्सी नउडाई फिर्ता पठाइएको छ ।
गत भाद्र ३ गतेदेखि ८ गतेसम्म चलेको शोको मुख्य आकर्षणको रुपमा फ्लाइङ ट्याक्सी नेपालको पहिलो इभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग) उड्ने ट्याक्सी राखिएको थियो ।
नेपालमा पहिलो पटक यस्तो नविनतम प्रविधि भित्रिएकाले पनि फ्लाइङ ट्याक्सी हेर्नेको भीड थियो । कस्तो हुन्छ फ्लाइङ ट्याक्सी ? कसरी उड्छ भन्ने कौंतुहलताले पनि बच्चादेखि बुढाबुढीदेखिसम्म हेर्न पुगेका थिए ।
के हो फ्लाइङ ट्याक्सी ?
फ्लाइङ ट्याक्सी शो को प्रतिनिधित्व र हेरचाह गरिरहेकी लक्ष्मी घिमिरेका अनुसार फ्लाइङ ट्याक्सी चीनको अटो निर्माता चांगान अटोमोबाइल र विश्वप्रसिद्ध एरियल भेहिकल कम्पनी इह्याङको संयुक्त प्रयासमा बनेको हो । जसले एक पटक चार्ज गरेपछि ५० किलोमिटरको रेन्ज दिन्छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित ‘फ्लाइङ ट्याक्सी’मा दुईजनासम्म बस्न सक्ने क्षमता भएको जानकारी दिइन् ।
उनले भनिन्,‘चीनको अटो निर्माता चांगान अटोमोबाइल र विश्वप्रसिद्ध एरियल भेहिकल कम्पनी इह्याङको संयुक्त प्रयासमा बनेको हो । डिपल ईभीटीएल (इलेक्ट्रिक भर्टिकल टेक–अफ एन्ड ल्यान्डिङ) ‘फ्लाइङ ट्याक्सी’ भन्छौं यसलाई । यो एक पटक चार्ज गरेपछि ५० किलोमिटरको रेन्ज दिन्छ । यो पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित छ । यसले सिधा माथि–तल उडान तथा अवतरण गर्ने क्षमता राख्छ । यो फ्लाइङ ट्याक्सीमा दुईजनासम्म बस्न सक्ने क्षमता छ ।’
उनको अनुसार यसमा कुनै पाइलट चाहिँदैन्,अवतरण गर्ने ठाउँ सेटिङमा राखेर अटो पाइलड मोडमा चलाउन सकिन्छ ।
‘यसमा कुनै पाइलट चाहिँदैन् । आफैले डेस्टिनेसन सेट गरेर अटो पाइलड मोडमा चलाउन सकिन्छ ।’उनले भनिन्,
किन नउडाई फिर्ता पठाइयो ‘फ्लाइङ ट्याक्सी’ ?

नाडा कार्यसमिति सदस्य मेघराज पौडेलका अनुसार फ्लाइङ ट्याक्सी चीनबाट प्रदर्शनमात्र गर्नको लागि धरौटीमा ल्याइएको थियो जुन प्रदर्शनपछि फिर्ता पठाइसकेका छन् । यसलाई उडाउन छुट्टै कानुन आवश्यक पर्ने तर नेपालमा फ्लाइङ ट्याक्सीको कुनै कानुन र नीति नभएको कारण उडाउन सम्भव नभएको उनले बताए ।
यसको नीति निर्माणको लागि बहस सुरु गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने,‘हामीले कल्पना गरेका थिएनौँ कि दुई वर्ष अगाडि नेपालमा फ्लाइङ ट्याक्सी आउँछ र नाडा अटो शो मै प्रदर्शनीमै भनेर । किनभने यो नीतिगत कुराहरू हुन्छन् । नीति निर्माताहरूले पनि यो विषयमा पर्याप्त अध्ययन नगरेको हुन सक्छ । भोलि आउला भनेर पोलिसी नीति बन्दैनन् । यहाँ समस्यासहित समाधान निकाल्ने हो । फ्लाइङ ट्याक्सी भोलि रेस्क्यु वा सर्ट डिस्टेन्सको लागि यसलाई सुरक्षित यात्राको लागि प्रयोग गर्न सक्छौँ । त्यसैले यसको नीति निर्माणको लागि हामीले अब काम सुरु गर्ने हो । यो बहसमा आयो अब ।’
नेपालमा ‘फ्लाइङ ट्याक्सी’ यातायातको विकल्प बन्न सक्छ ?
त्यस्तै ड्रोन हवका प्रवन्ध निर्देशक प्रविन भट्टराईका अनुसार नेपालमा ‘फ्लाइङ ट्याक्सी’ यातायातको विकल्प बन्ने सक्ने सम्भावना उच्च छ । ‘फ्लाइङ ट्याक्सी’ ले यातायातको एकदमै राम्रो विकल्प पर्यटन प्रवद्र्धनको लागि सहयोग पुर्याउने मात्र नभइ फ्लाइङ एम्बुलेन्सको समेत काम गर्न सक्ने उनको भनाई छ ।
उनले भने,‘फ्लाइङ ट्याक्सी’ यातायातको एकदमै राम्रो विकल्प बन्न सक्छ । झन् पर्यटन प्रवद्र्धनको लागि यति राम्रो हुनसक्छ । यसले केवल कारले जसरी काम गरिरहेको छ त्यसरी नै काम गर्न सक्छ । यो चाँडो पनि भयो । अर्को एउटा एयर ट्याक्सीको अनुभव पनि भयो । यसले त फ्लाइङ एम्बुलेन्सको समेत काम गर्न सक्छ । एकदमै राम्रो सम्भावना र विकल्प बन्न सक्छ ?’
त्यस्तै, निर्देशक भट्टराईका अनुसार फ्लाइङ ट्याक्सी सञ्चालन गर्न अन्तर्राष्ट्रिय रुपमा नै स्वीकृति पाउनुपर्छ । अनि मात्र नेपालले यस सम्बन्धी नीति निर्माण गर्न सक्छ ।

उनले भने,‘नेपालमा त झन यत्रो हिमालय क्षेत्रहरु छन्, जहाँ फ्लाइङ ट्याक्सी मार्फत ढुवानी गर्न सकिन्छ । तर यसमा एयरपोर्टसँग कम्युनिकेसन गर्न सक्नुपर्छ । यसले अन्तर्राष्ट्रिय रुपमा नै स्वीकृति पाउनुपर्छ । त्यसपछि मात्र नेपालले यसको बारेमा नीति बनाउन सक्छ । अहिले नेपालले नीति निर्माण गर्न सक्दैनन् ।’
कस्तो पूर्वाधारको आवश्यक पर्छ ‘फ्लाइङ ट्याक्सी’को लागि ?
यसको लागि हेलिप्याडको जस्तै भर्टिपोर्ट आवश्यक हुने निर्देशक भट्टराईले जानकारी दिए । साथै ट्राफिक व्यवस्थाको लागि अनम्यान ट्राफिक म्यानेजमेन्टको पनि आवश्यक रहेको उनको भनाइ छ ।
‘हेलिप्याडको जस्तै भर्टिपोर्ट आवश्यक हुन्छ । अर्को भनेको अनम्यान ट्राफिक म्यानेजमेन्टको पनि आवश्यक हुन्छ । अहिले म्यान ट्राफिक म्यानेज गरिरहेको छ । त्यसरी नै अन म्यान ट्राफिक म्यानेजमेन्ट गर्न सक्नुपर्छ,’उनले भने ।
०००००
‘फ्लाइङ ट्याक्सी’ ः नेपालमा यातायातको राम्रो विकल्प बन्न सक्छ
नाडा अटो शो मा चर्चित बनेको ‘फ्लाइङ ट्याक्सी’ नउडाइ फिर्ता पठाइयो
प्रमिला कार्की र नेपाल न्यूज बैंक
काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा०को आयोजनामा भएको सवारीसाधन प्रदर्शनी मेला ‘नाडा अटो शो २०२५’ मा प्रदर्शनमा राखिएको फ्लाइङ ट्याक्सी नउडाई फिर्ता पठाइएको छ ।
गत भाद्र ३ गतेदेखि ८ गतेसम्म चलेको शोको मुख्य आकर्षणको रुपमा फ्लाइङ ट्याक्सी नेपालको पहिलो इभीटोल ९इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग० उड्ने ट्याक्सी राखिएको थियो ।
नेपालमा पहिलो पटक यस्तो नविनतम प्रविधि भित्रिएकाले पनि फ्लाइङ ट्याक्सी हेर्नेको भीड थियो । कस्तो हुन्छ फ्लाइङ ट्याक्सी रु कसरी उड्छ भन्ने कौंतुहलताले पनि बच्चादेखि बुढाबुढीदेखिसम्म हेर्न पुगेका थिए ।
के हो फ्लाइङ ट्याक्सी रु

फ्लाइङ ट्याक्सी शो को प्रतिनिधित्व र हेरचाह गरिरहेकी लक्ष्मी घिमिरेका अनुसार फ्लाइङ ट्याक्सी चीनको अटो निर्माता चांगान अटोमोबाइल र विश्वप्रसिद्ध एरियल भेहिकल कम्पनी इह्याङको संयुक्त प्रयासमा बनेको हो । जसले एक पटक चार्ज गरेपछि ५० किलोमिटरको रेन्ज दिन्छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित ‘फ्लाइङ ट्याक्सी’मा दुईजनासम्म बस्न सक्ने क्षमता भएको जानकारी दिइन् ।
उनले भनिन्,‘चीनको अटो निर्माता चांगान अटोमोबाइल र विश्वप्रसिद्ध एरियल भेहिकल कम्पनी इह्याङको संयुक्त प्रयासमा बनेको हो । डिपल ईभीटीएल ९इलेक्ट्रिक भर्टिकल टेक–अफ एन्ड ल्यान्डिङ० ‘फ्लाइङ ट्याक्सी’ भन्छौं यसलाई । यो एक पटक चार्ज गरेपछि ५० किलोमिटरको रेन्ज दिन्छ । यो पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित छ । यसले सिधा माथि–तल उडान तथा अवतरण गर्ने क्षमता राख्छ । यो फ्लाइङ ट्याक्सीमा दुईजनासम्म बस्न सक्ने क्षमता छ ।’
उनको अनुसार यसमा कुनै पाइलट चाहिँदैन्,अवतरण गर्ने ठाउँ सेटिङमा राखेर अटो पाइलड मोडमा चलाउन सकिन्छ ।
‘यसमा कुनै पाइलट चाहिँदैन् । आफैले डेस्टिनेसन सेट गरेर अटो पाइलड मोडमा चलाउन सकिन्छ ।’उनले भनिन्,
किन नउडाई फिर्ता पठाइयो ‘फ्लाइङ ट्याक्सी’ रु
नाडा कार्यसमिति सदस्य मेघराज पौडेलका अनुसार फ्लाइङ ट्याक्सी चीनबाट प्रदर्शनमात्र गर्नको लागि धरौटीमा ल्याइएको थियो जुन प्रदर्शनपछि फिर्ता पठाइसकेका छन् । यसलाई उडाउन छुट्टै कानुन आवश्यक पर्ने तर नेपालमा फ्लाइङ ट्याक्सीको कुनै कानुन र नीति नभएको कारण उडाउन सम्भव नभएको उनले बताए ।
यसको नीति निर्माणको लागि बहस सुरु गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने,‘हामीले कल्पना गरेका थिएनौँ कि दुई वर्ष अगाडि नेपालमा फ्लाइङ ट्याक्सी आउँछ र नाडा अटो शो मै प्रदर्शनीमै भनेर । किनभने यो नीतिगत कुराहरू हुन्छन् । नीति निर्माताहरूले पनि यो विषयमा पर्याप्त अध्ययन नगरेको हुन सक्छ । भोलि आउला भनेर पोलिसी नीति बन्दैनन् । यहाँ समस्यासहित समाधान निकाल्ने हो । फ्लाइङ ट्याक्सी भोलि रेस्क्यु वा सर्ट डिस्टेन्सको लागि यसलाई सुरक्षित यात्राको लागि प्रयोग गर्न सक्छौँ । त्यसैले यसको नीति निर्माणको लागि हामीले अब काम सुरु गर्ने हो । यो बहसमा आयो अब ।’
नेपालमा ‘फ्लाइङ ट्याक्सी’ यातायातको विकल्प बन्न सक्छ रु
त्यस्तै ड्रोन हवका प्रवन्ध निर्देशक प्रविन भट्टराईका अनुसार नेपालमा ‘फ्लाइङ ट्याक्सी’ यातायातको विकल्प बन्ने सक्ने सम्भावना उच्च छ । ‘फ्लाइङ ट्याक्सी’ ले यातायातको एकदमै राम्रो विकल्प पर्यटन प्रवद्र्धनको लागि सहयोग पुर्याउने मात्र नभइ फ्लाइङ एम्बुलेन्सको समेत काम गर्न सक्ने उनको भनाई छ ।
उनले भने,‘फ्लाइङ ट्याक्सी’ यातायातको एकदमै राम्रो विकल्प बन्न सक्छ । झन् पर्यटन प्रवद्र्धनको लागि यति राम्रो हुनसक्छ । यसले केवल कारले जसरी काम गरिरहेको छ त्यसरी नै काम गर्न सक्छ । यो चाँडो पनि भयो । अर्को एउटा एयर ट्याक्सीको अनुभव पनि भयो । यसले त फ्लाइङ एम्बुलेन्सको समेत काम गर्न सक्छ । एकदमै राम्रो सम्भावना र विकल्प बन्न सक्छ रु’
त्यस्तै, निर्देशक भट्टराईका अनुसार फ्लाइङ ट्याक्सी सञ्चालन गर्न अन्तर्राष्ट्रिय रुपमा नै स्वीकृति पाउनुपर्छ । अनि मात्र नेपालले यस सम्बन्धी नीति निर्माण गर्न सक्छ ।
उनले भने,‘नेपालमा त झन यत्रो हिमालय क्षेत्रहरु छन्, जहाँ फ्लाइङ ट्याक्सी मार्फत ढुवानी गर्न सकिन्छ । तर यसमा एयरपोर्टसँग कम्युनिकेसन गर्न सक्नुपर्छ । यसले अन्तर्राष्ट्रिय रुपमा नै स्वीकृति पाउनुपर्छ । त्यसपछि मात्र नेपालले यसको बारेमा नीति बनाउन सक्छ । अहिले नेपालले नीति निर्माण गर्न सक्दैनन् ।’
कस्तो पूर्वाधारको आवश्यक पर्छ ‘फ्लाइङ ट्याक्सी’को लागि रु
यसको लागि हेलिप्याडको जस्तै भर्टिपोर्ट आवश्यक हुने निर्देशक भट्टराईले जानकारी दिए । साथै ट्राफिक व्यवस्थाको लागि अनम्यान ट्राफिक म्यानेजमेन्टको पनि आवश्यक रहेको उनको भनाइ छ ।
‘हेलिप्याडको जस्तै भर्टिपोर्ट आवश्यक हुन्छ । अर्को भनेको अनम्यान ट्राफिक म्यानेजमेन्टको पनि आवश्यक हुन्छ । अहिले म्यान ट्राफिक म्यानेज गरिरहेको छ । त्यसरी नै अन म्यान ट्राफिक म्यानेजमेन्ट गर्न सक्नुपर्छ,’उनले भने ।

प्रतिक्रिया दिनुहोस्