प्रधानमन्त्री ओलीले सम्झिए दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्दाका क्षण
समाचार सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम पदार्थ खानीमा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन्।
- चिनियाँ विज्ञ टोलीको प्रारम्भिक प्रतिवेदन अनुसार दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पाइएको छ।
- २०७२ मा चीनसँगको सम्झौतापछि विस्तृत अन्वेषणको जिम्मा चीनलाई दिइएको थियो र प्रधानमन्त्रीले पुरानो दिन सम्झिएका छन्।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला सम्भाव्यता अध्ययन गराएको दैलेखको पेट्रोलियम पदार्थ खानीमा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन् ।
चिनियाँ विज्ञ टोलीले दिएको प्रारम्भिक प्रतिवेदनले दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पाइएको समाचारहरू आएका छन् । विज्ञहरूका अनुसार उक्त ग्यास भण्डार प्रयोगमा ल्याउन सके नेपालमा ५० वर्षसम्मलाई पुग्ने बताइएको छ ।
२०७२ चैतमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबिच पेट्रोलियम पदार्थको अन्वेषणमा सघाउने द्विपक्षीय समझदारी (जीटुजी) मा हस्ताक्षर भएपछि २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको जिम्मा चीनलाई दिन स्वीकृत भएको थियो ।
प्रधानमन्त्री ओलीले विगतमा दैलेखमा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको स्मरण गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा खुसी हुँदै शुक्रबार बिहान उनले लेखका छन्, ‘पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोध–आवाज थरिथरिका थिए । ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ । यो खुसीको समाचार हो ।’






प्रतिक्रिया दिनुहोस्