पोखरा एभेन्जर्सले पोखरा र भक्तपुरमा फ्यान पार्क सञ्चालन गर्ने
पाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणका लागि दुई ठाउँमा आधिकारिक पोखरा एभेन्जर्स फ्यान पार्क सञ्चालन गर्ने जनाएको छ।
फ्यान पार्क पोखराको हल्लनचोकस्थित क्याम्पिङ चौर र भक्तपुरको सल्लाघारीस्थित नेवा ननीमा सञ्चालन हुनेछन्।
एनपीएल तेस्रो संस्करण सुरु हुने आज कात्तिक ९ देखि फ्यान पार्क सञ्चालनमा आएका छन्।
आज पोखरा र भक्तपुर दुवै फ्यान पार्कमा सबै समर्थकका लागि प्रवेश निःशुल्क रहने पोखरा एभेन्जर्सले जनाएको छ।
फ्यान पार्कमा एनपीएल २०२६ का सबै खेल ठूलो एलईडी स्क्रिनमा प्रत्यक्ष देखाइनेछ, जसले दुवै सहरका समर्थकहरूलाई रंगशालाकै माहोल दिनेछ।
प्रत्यक्ष प्रसारणका साथै फ्यान पार्कमा संगीत, खाना तथा पेय पदार्थ, समर्थकहरूका लागि विभिन्न खेल तथा पारिवारिक क्षेत्र रहनेछन्, जहाँ समर्थकहरू प्रतियोगिताभरि सँगै बसेर खेल हेर्न र टिमलाई हौसला दिन सक्नेछन्।
त्यसपछिका खेलका दिनहरूमा फ्यान पार्कमा एक्सपेरियन्स कुपनसहित प्रवेश निःशुल्क रहनेछ, जसका लागि न्यूनतम ४९९ रुपैयाँको आवश्यक पर्छ।
समर्थकहरूले अनलाइन मार्फत पनि टिकट बुकिङ गर्न सक्नेछन्। एक व्यक्तिले एउटै अर्डरमा बढीमा १० वटासम्म प्रवेश बुक गर्न सक्नेछन्।
समर्थकहरूले अनलाइन मार्फत नै पोखरा एभेन्जर्सको सदस्यता लिन सक्नेछन् भने गुगल प्लेमा उपलब्ध पोखरा एभेन्जर्सको आधिकारिक एपमार्फत खेल तालिका, लाइभ अंक तालिका र खेल प्रेडिक्सन हेर्न सक्ने पोखरा एभेन्जर्सले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्