पश्चिमी वायुको प्रभाव, उपत्यकासहित देशभरी चिसो बढ्यो
१३ पुस, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशभरीको मौसम बदली भएको छ। मौसम बदलीका कारण बिहानैदेखि काठमाडौं उपत्यकामा घाम लागेको छैन। काठमाडौंमा जाडो बढेको छ।
हाल देशमा पश्चिम न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण दिनप्रतिदिन चिसो बढ्दै गएको हो। काठमाडौं उपत्यकामा बिहानको तापक्रम ३.६ डिग्रीमा झरेको छ। सबैभन्दा कम जुम्लाको तामक्रम माइनस २ डिग्री सेल्सियस मापन गरिएको छ।
मौसम पूर्वानुमान शाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ। यस्तै पहाडि तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
आज प्रदेश १, प्रदेश २, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ। धेरै ठाउँमा हल्कादेखि मध्य वर्षा र उच्च पहाडि तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको संभावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको धेरै स्थानमा हल्का वर्षाको संभावना रहेको जनाइएको छ।
यस्तै आज राती देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानहरुमा मध्य वर्षाको संभावना रहेको छ। उच्च पहाडी भू-भागका धेरैजसो स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना रहेको छ।
आगामी तीन दिनको अवधिमा देशभर धेरैजसो स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने जनाइएको छ। देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १३
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।सुदुर पश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।
पौष १४
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू(भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।
पौष १५
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू (भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
राती : देशभर आंशिक देखी सामान्य बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।






प्रतिक्रिया दिनुहोस्