पत्रकार पक्राउ गरेको भोलिपल्ट आईजीपीले के भने ?

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्ने बताएका छन् । 

पत्रकार पक्राउको भोलिपल्ट आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ। साथै, सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ।’

frontline

शुक्रबार विभिन्न सञ्चार गृहमा पुगेर प्रहरीले केही पत्रकारलाई पक्राउ गरेको थियो । चौतर्फी विरोधपछि साँझ पक्राउ परेकाहरूलाई रिहा गरिएको थियो । 

बिहीबारमात्रै प्रहरी प्रधान कार्यालयले प्रहरी नेतृत्व र सङ्गठनमाथि भ्रम फैलाउने कार्य भएको जिकिरसहित त्यस्ता व्यक्तिमाथि अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको थियो ।

केही दिनअघिदेखि बिचौलिया इनम सापकोटासँग प्रहरी प्रमुख (आईजीपी) दानबहादुर कार्कीको कनेक्सन देखिएको जिकिरसहितका समाचार सञ्चारमाध्यममा आएका थिए । यही क्रममा प्रधानमन्त्रीको सचिवालयले आइजिपीको राजीनामा माग गरेको विषय सञ्चारमाध्यममा जोडिएर आएपछि प्रहरीले औपचारिक रूपमा विज्ञप्ति जारी गरेर यसको प्रतिवादमात्रै गरेको थिएन, भ्रम फैलाउने कार्य भएको भन्दै कारबाहीको चेतावनी नै दिएको थियो । 

यस्तो पृष्ठभूमिमा आफ्नो पेसागत धर्म निर्वाह गरिरहेका विश्वमणि सुवेदीसहित तीन छुट्टाछुट्टै सञ्चारमाध्यमका सञ्चारकर्मीलाई नियन्त्रणमा लिने र अन्य केही सञ्चारमाध्यमका सञ्चारकर्मीलाई नियन्त्रणमा लिने प्रयास भएको थियो ।

जो–जोमाथि धरपकड भयो, उनीहरूले नै आईजीपी र न्यायाधीशहरूको इनमसँग कनेक्सन भएको विषयमा समाचार ब्रेक गरेका थिए ।

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fdan.karki.77%2Fposts%2Fpfbid0hxxsi883Xb1WUofhM8jnV6T4oXm8LjHPTYBgAicJwoQzBMSxYtGHw79qc2fdQPKHl&show_text=true&width=500

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here