त्रिशूली–वेत्रावती सडक भासियो, यातायात ठप्प

लगातार वर्षाले खसेको पहिरोका कारण नुवाकोटको त्रिशूली–वेत्रावती सडक अवरुद्ध भएको छ।

बेत्रावतीस्थित अगिटार क्षेत्रमा पहिरोले सडकको ठुलो भाग नदी किनारतर्फ भासिएपछि यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको हो।

frontline

लगातार झरीका कारण जमिन कमजोर बनेपछि सडकको ठुलो हिस्सा भासिएर नदीतर्फ खसेको छ।

सडक नै भासिएपछि उक्त खण्डमा सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको छ।

सडकको बाँकी भागसमेत कमजोर रहेकाले सवारीसाधन सञ्चालन गर्दा थप दुर्घटनाको जोखिम देखिएको छ।

त्रिशूली–वेत्रावती सडक नुवाकोटको उत्तरी भेगका स्थानीय आवतजावतका लागि यो महत्त्वपूर्ण सडक हो।

यस सडकखण्ड अवरुद्ध हुँदा वेत्रावती तथा आसपासका क्षेत्रबाट त्रिशूली र अन्य स्थानतर्फ आवतजावत गर्ने यात्रु प्रभावित भएका छन्।

दैनिक उपभोग्य सामग्री ढुवानी तथा अन्य अत्यावश्यक कामका लागि यात्रा गर्ने सर्वसाधारणलाई समेत समस्या हुने देखिएको छ।

वर्षा निरन्तर भइरहेकाले अगिटार क्षेत्रमा थप पहिरो जाने र सडकको बाँकी भागसमेत भासिन सक्ने जोखिम छ।

सडकको अवस्था सामान्य नभएसम्म उक्त खण्डमा सवारीसाधन सञ्चालन गर्नु जोखिमपूर्ण हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here