धनगढीमा मृत भेटिएकी युवतीको हत्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु

९ असार, धनगढी । धनगढीमा बन्द कोठमा मृत भेटिएकी युवतीको हत्या भएको प्रहरीले आशंका गरेको छ ।

धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरीको शव सडेको अवस्थामा फेला परेको थियो । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीकी हुन् ।

frontline

कोठा भाडामा बस्दै आएकी चौधरी बाहिरबाट ताल्चा लगाएको कोठाभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।

बाहिरबाट ताल लगाइएकोले उनको कसैले कर्तव्य गरेको हुनसक्ने प्रहरीको आशंका छ । तालिम प्राप्त कुकुरको सहायतामा घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी सिंहले बताए ।

धनगढी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here