ट्रकको ठक्करबाट बाजुराका पुर्व सञ्चारकर्मी नाथको मृत्यु

बाजुरा । ट्रकको ठक्करबाट बाजुराका पुर्व सञ्चारकर्मी नरेन्द्र नाथको भारतमा मृत्यु भएको छ । बाजुराको बडीमालिका नगरपालिका ४ रिला घर भएका अन्दाजी वर्ष २८ का नाथको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।  

नाथको भारतको नयाँ दिल्लीबाट नेपाल आउने क्रममा पिलिभित बिसलपुर सडकस्थित उनी चढेको ट्याक्सीको टायर बदल्ने क्रममा विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको हो।

frontline

बडीमालिका प्रवासी नेपाली एकता मञ्च भारतका संयोजक समेत रहेका नाथको मृत्युको खबरले भारतमा रहेका नेपाली, बाजुरा जिल्लाबासी र उनका घरपरिवार, आन्तजन शोकमग्न बनेका छन् ।

नाथले सामाजिक सञ्जाल फेसबुकमा दुई दिन पछि गाउँमै भेटौला शुभरात्री भन्दै स्टाटस लेखेका थए । तर उनी बिहान नहुँदै संसार छोडेर गए । नाथले भारतमा बसेर बाजुराका दुखी पिडितलाई सक्दो सहयोग गर्दै आएका थिए । नाथ रेडियो बाजुरामा कार्यरत हुँदा कार्यक्रम सञ्चालन तथा बजार व्यवस्थापकको काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here