झुट्टा उजुरी दिएको आरोपमा दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना

काठमाडौँ। आफूले नदिएको उजुरी अर्कै व्यक्तिको नाम र हस्ताक्षर प्रयोग गरी दर्ता गराएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्याैपानेले बिहीबार जारी गरेकाे प्रेस विज्ञप्ति अनुसार रुकुम पश्चिम, आठबिसकोट नगरपालिका–५ निवासी पुन मगरले एबी राई अर्थात् आङबाबु राईको नामबाट उजुरी दिएका थिए।

frontline

उक्त उजुरीमा नेपाल प्रहरी मातहतका एक प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले पदको दुरुपयोग गर्दै मुद्दा मिलाइदिने भन्दै ४० लाख रुपैयाँ माग गरेको, जसमध्ये १५ लाख रुपैयाँ नगद लिएको र आफ्नी कान्छी श्रीमतीको नाममा थप चेकसमेत लिएको आरोप लगाइएको थियो। साथै, रकम माग गर्दै धम्की दिएको दाबी पनि उजुरीमा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here