लगातार छैटौं दिन बढ्यो सेयर बजार, घट्यो बैंकिङ
२९ असोज, काठमाडौं । बिहीबार लगातार छैटौं कारोबार दिन सेयर बजार बढेको छ । अघिल्लो दिन २१.३२ अंक बढेको बजार आज ४.५६ अंक बढेको हो । आजको वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ ।
धेरै पछि आज बैंकिङ समूह ०.१६ प्रतिशत घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.०३ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ०.३५, होटल तथा पर्यटन ०.२७, जलविद्युत् ०.६०, लगानी ०.७८, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.५४ प्रतिशत बढे ।
घटेका समूहमा बैंकिङका अलवा अन्य ०.१९, व्यापार ०.५५, उत्पादन तथा प्रशोधन ०.०६ प्रतिशत घटे । आज कारोबार रकम केही बढेको छ । ४ अर्ब १३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७० करोडको भयो ।
७१ कम्पनीको मूल्य बढ्दा ९१ को घटेको छ । १५ कम्पनीको मूल्य स्थिर रह्यो । हालै सूचीकृत भएको बेनी हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढ्यो । सो कम्पनीको मूल्य प्रतिकित्ता ३१३.९० रुपैयाँ पुगेको छ ।






प्रतिक्रिया दिनुहोस्