टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

बिहीबार, २९ असोज २०८३

संग्रह

frontline

facebook sharing button
twitter sharing button
linkedin sharing button
sharethis sharing button

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारसम्बन्धी अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएका छन्।

दुवै विमानस्थलको हालै निरीक्षण तथा अवलोकन भ्रमण गरेका मन्त्री पौडेलले बिहीबार मन्त्रालयमा क्यानका पदाधिकारीसँग छलफल गरी आवश्यक अध्ययन प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्। क्यानका अनुसार मन्त्री पौडेलको नेतृत्वमा प्राधिकरण तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूको सहभागितामा गत असोज २१ देखि २६ गतेसम्म नेपालगञ्ज, दाङ, रारा र जुम्ला विमानस्थलको निरीक्षण तथा अवलोकन भ्रमण गरिएको थियो।

भ्रमणका क्रममा ती विमानस्थलको दीर्घकालीन विकास तथा विस्तारका लागि आवश्यक पूर्वाधार, प्राविधिक सम्भाव्यता, सञ्चालन क्षमता अभिवृद्धि तथा सेवा प्रभावकारी बनाउने उपायबारे विस्तृत अध्ययन गर्न निर्देशन दिइएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here