कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

समाचार सारांश

  • रास्वपा सभापति रवि लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध साँधेर फसाइएको दाबी गर्दै लामो अपिल जारी गरे।
  • उनले सहकारी ठगीको आरोप निराधार रहेको र पुराना शक्तिहरूले राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाए।
  • लामिछानेले आफूविरुद्ध प्रहरी, प्रशासन र न्यायपालिकाको दुरुपयोग भएको र षड्यन्त्रपूर्वक मुद्दा चलाइएको बताए।

काठमाडौँ। भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध साँधेर षड्यन्त्रपूर्वक फसाइएको दाबी गर्दै एक लामो अपिल जारी गरेका छन्।

frontline

पार्टी स्थापनाको तेस्रो वर्षगाँठको अवसरमा सार्वजनिक गरिएको अपिलमा उनले आफूमाथिको सहकारी ठगीको आरोप निराधार रहेको बताउँदै देशका पुराना शक्तिहरूले आफूविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाएका छन्।

अपिलमा लामिछानेले रास्वपाको उदयबाट अत्तालिएका पुराना शक्तिहरूले आफूलाई सिध्याउन भयानक षड्यन्त्र रचेको उल्लेख गरेका छन्। ‘छत्तीस वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन,’ उनले भनेका छन्, ‘जब यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके।’

उनले आफूविरुद्ध प्रहरी, प्रशासन र न्यायपालिकाकै दुरुपयोग भएको दाबी गरेका छन्। मध्यरातमा बलपूर्वक पक्राउ गरिएको, कानूनको हदम्याद नाघेर मुद्दा चलाइएको र आफूमाथि मात्रै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अभियोग लगाएर प्रतिशोध साधिएको उनको जिकिर छ।

लामिछानेले आफूले कुनै सहकारीबाट एक पैसा पनि नलिएको र आफ्नो नाममा कुनै ऋण वा सवारी साधनसमेत नभएको स्पष्ट पारेका छन्।  उक्त अपिल उनको सचिवालयमार्फत सार्वजनिक गरिएको हो।

#रवि लामिछाने #रास्वपा #राजनीति

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here