एमालेको सचिवालय बैठक बस्दै
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।
आइतबार दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्ने छ ।
सचिवालयमा बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल हुने उनले छ ।






प्रतिक्रिया दिनुहोस्