उडान रद्द हुँदा नेपाली स्वदेश फर्किन पाएनन्, टिकटमै एक लाखसम्मको मार

साउदी: साउदी अरबमा पछिल्लो सुरक्षा तनाव र हुथी आक्रमणको प्रभावले नेपाल फर्किने र साउदी जाने तयारीमा रहेका नेपाली श्रमिक तथा यात्रु समस्यामा परेका छन्। नियमित उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले केही समयका लागि उडान रद्द गरेपछि चाडपर्वको मुखमा स्वदेश फर्किन खोज्ने नेपाली थप अन्योलमा परेका छन्।

रियादबाट नेपालका लागि हुने नियमित उडान रद्द हुँदा यात्रुहरू बढी प्रभावित भएका छन्। दमाम र जेद्दाबाट भने केही उडान आंशिक रूपमा सञ्चालन भइरहेका छन्। अन्य एयरलाइन्सले पनि आवश्यकता र उपलब्धताअनुसार अलकासिम, हाइल र मदिनालगायतका विमानस्थलबाट उडान सञ्चालन गरिरहेका छन्।

frontline

तर, सबै यात्रुले आफूलाई पायक पर्ने विमानस्थलबाट यात्रा गर्न नपाउँदा समस्या थपिएको छ। अक्टोबर ८ देखि २५ सम्म रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलका निर्धारित उडानमध्ये ८६ प्रतिशत रद्द भएको रोयटर्सले उल्लेख गरेको छ। रियादबाट अन्य विमानस्थलसम्म पुग्न घण्टौँ यात्रा गर्नुपर्ने अवस्था छ। त्यसले समय, यातायात खर्च र शारीरिक कठिनाइ बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here