विश्व क्रिकेटका हस्तीहरूको जमघट, बढ्यो एनपीएलको साख

काठमाडौं : सोमबारबाट कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको प्रतियोगितामा ८ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता, डीआरएस प्रविधि र विदेशी खेलाडीको संख्या बढाउने व्यवस्थाले यसपटकको एनपीएललाई नेपाली क्रिकेट विकासको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

विश्व चर्चित खेलाडीको उपस्थितिले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणलाई थप आकर्षक बनाउनेमात्रै होइन, हरेक खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। एनपीएलको तेस्रो संस्करणमा विदेशी खेलाडीको आकर्षण बढ्नुको एउटा प्रमुख कारण आईसीसीबाट प्राप्त आधिकारिक टीट्वेन्टी मान्यता हो। यससँगै प्रतियोगितामा बनाएका रन र लिएका विकेट खेलाडीको आधिकारिक टीट्वेन्टी करियरको तथ्यांकमा समावेश हुनेछन्। 

frontline

साथै, फ्रेन्चाइज टोलीले आफ्नो टोलीमा पहिलेभन्दा बढी विदेशी खेलाडी राख्न पाउने व्यवस्थाले पनि एनपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट बजारमा चिनाउन सहयोग पुगेको छ। यससँगै नेपाली खेलाडीले विश्वस्तरीय क्रिकेटरसँग एउटै ड्रेसिङ रुम प्रयोग गर्ने, अभ्यास गर्ने र दबाबपूर्ण अवस्थामा उनीहरूको खेल बुझ्ने अवसर पनि पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here