उच्च पहाड र हिमाली भू–भागमा हिमपात हुने

९ मंसिर, काठमाडौं । केही प्रदेशका उच्च पहाड र हिमाली भू–भागमा हिमपात हुने भएको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । 

पहाडी भू–भागहरुमा आंशिकदेखी सामान्य बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । 

frontline

आज राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन् । 

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा  आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । 

यसैबीच, काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ८.६ डिग्री सेल्सियस रहेको छ । दिउँसो २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् नगरकोटीले जानकारी दिइन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here