इरान–अमेरिका पुनः युद्धमा फर्किने बढ्यो जोखिम-होर्मुज तनाव

इरान : खाडी क्षेत्रमा भएको युद्धविरामले चार हप्ता पार गरेको छ । तर ‘स्ट्रिट होर्मुज’ नाकामा विकसित पछिल्लो तनावका कारण यसको प्रभाव कमजोर हुँदै गएको देखिन्छ । अमेरिका र इरानबीच एकअर्कामाथि दबाब कायम राख्ने दृढताले यसलाई गम्भीर जोखिममा पारेको छ । यो अत्यन्तै खतरनाक क्षण हो ।

यो युद्धविरामले कूटनीतिक प्रयासका लागि एउटा अवसर दिएको थियो, जुन केही समयका लागि प्रगति हुन सक्ने जस्तो देखिएको थियो । अमेरिकी र इरानी प्रतिनिधिहरू पाकिस्तानको इस्लामावादमा वार्ताको टेबलमा बसे, तर कुनै सहमति बिना फर्किए । पाकिस्तानले वार्ता प्रक्रिया पुनः सुरु गराउने प्रयास गरिरहेको छ, तर अहिलेसम्म धेरै सफलता मिलेको छैन । अमेरिका र इरान दुवैले सम्झौता चाहन्छन्, तर उनीहरूको सोच फरक छ र आफ्ना ‘रेड लाइन’ मा अडिग छन् । जबसम्म एक पक्ष वा दुवै पक्षले केही सम्झौता वा लचकता देखाउँदैनन्, तबसम्म फेरि पूर्ण युद्ध सुरु हुने खतरा सधैं रहिरहन्छ ।

frontline

अहिले झन् गलत बुझाइ र गलत आंकलनको जोखिम धेरै बढेको छ । यस्ता अवस्थाहरू नै संकटहरू नियन्त्रण बाहिर जाने र युद्ध बढ्दै जाने मुख्य कारण हुन् । अमेरिकाले स्टिट होर्मुज हुँदै दुई जहाजलाई सुरक्षा दिँदै लैजाने निर्णयले इरानबाट प्रतिक्रिया आउनु स्वाभाविक थियो । यस हप्ताको मुख्य प्रश्न भनेको यो यतिमै रोकिन्छ कि अझ बढी प्रतिक्रिया र प्रतिप्रतिक्रियाले पूर्ण युद्धतर्फ धकेल्छ भन्ने हो ।

होर्मुज जलडमरू मध्येको नियन्त्रण अहिले संकटको केन्द्रमा पुगेको छ । फेब्रुअरी २८ सम्म यो कुनै अवरोध वा कर बिना खुला थियो । त्यसपछि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरे । अहिले इरानले यसलाई बन्द गरेर कसरी यसलाई हतियार, आम्दानीको स्रोत र सुरक्षा उपायको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने देखाएको छ । यस हप्ता इरानी विदेश मन्त्री अब्बास अराघचीले सांसदहरूलाई पुरानो अवस्था नफर्किने बताएका छन्।

अमेरिकाले इरानलाई होर्मुजलाई आफ्नै नियन्त्रणमा राखेर जहाजहरूबाट ठूलो शुल्क उठाउने अनुमति दिन सक्दैन, किनकि त्यसो गर्नु भनेको रणनैतिक हार स्वीकार गर्नु जस्तै हुनेछ । यो जलडमरूमध्य बन्द हुँदा विश्वव्यापी आर्थिक असर पर्छ । यो कति समयसम्म बन्द रहन्छ भन्ने कुराले युद्धको असर कति गम्भीर हुन्छ भन्ने निर्धारण गर्छ । तेल र ग्यासको अभाव, साथै उच्च प्रविधि उद्योगका लागि आवश्यक हिलियम र मल उत्पादनका कच्चा पदार्थको कमीले युद्ध क्षेत्रभन्दा टाढा रहेका लाखौँ मानिसहरूलाई असर पारिरहेको छ । मलको संकटले खाद्य असुरक्षा भएका देशहरूमा भोकमरी निम्त्याउने जोखिम पनि बढाएको छ ।

अमेरिकी राष्टपति डोनाल्ड टम्पका उद्देश्यहरू सधैं जटिल र परिवर्तनशील रहने गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत तेल व्यापारीहरूलाई पेट्रोलको मूल्य नबढाउन आग्रह गरेका छन् । उनी इरानी शासनको दृढता र सहनशीलताबाट निराश पनि भएका हुन सक्छन्, जसले अमेरिका र इजरायलले जति दबाब दिए पनि प्रतिरोध गरिरहेको छ ।

आफ्नै नागरिकमाथि गोली चलाउन तयार रहने शासन—जस्तै जनवरीमा फेरि देखिएको थियो-आफ्नो सत्ता कायम रहुञ्जेल जनताको अवस्थाबारे धेरै चिन्तित हुँदैन । ट्रम्पको निराशा उनको आफ्नै हतारो निर्णयको परिणाम पनि हो-सजिलो जितको अनुमान गर्दै युद्धमा जाने, तर त्यसका परिणामबारे नसोच्ने । अमेरिकाले आफ्नो शक्तिशाली सेना देखाएको छ, तर राष्ट्रपतिको अस्थिर निर्णय प्रक्रियाले देशलाई रणनीतिक समस्यामा पारेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here