इङ्ल्यान्ड डिआर कंगोलाई हराउँदै राउन्ड १६
फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को खेलमा इङ्ल्यान्डले डिआर कंगोलाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ।
एटलान्टा स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले डिआर कंगोलाई २–१ ले हराएको हो सौखेलको पहिलो हाफमा इङ्ल्यान्डविरुद्ध डिआर कंगोले १-० को अग्रता बनाएको थियो। दोस्रो हाफमा इङ्ल्यान्डले २ गोल गर्दै खेलमा जित दर्ता गरेको हो । इङ्ल्यान्डको लागि दुवै गोल कप्तान ह्यारी केनले गरे।
खेलको ७ औं मिनेटमा डिआर कंगोले इङ्ल्यान्ड विरुद्ध गोल गर्दै अग्रता बनायो। कंगोको लागि ब्रायन सिपेंगाले बायाँ तर्फबाट निकै राम्रो फिनिस गरे। यो गोल उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो। खेलको ३५ औं मिनेटमा इङ्ल्यान्डले गरेको प्रहार कंगोका डिफेन्डरले गोल लाइनबाट क्लियर गरिदिए।खेलको दोस्रो हाफको सुरुवाती समयदेखि नै इङ्ल्यान्ड पहिलो गोलको खोजीमा रहेको थियो।
दोस्रो हातको सुरुवाती समयदेखि नै इङ्ल्यान्डले दबाब बनाउँदा कंगो भने डिफेन्समा उत्रिएको थियो। खेलको ७५ औं मिनेटमा इङ्ल्यान्डले गोल फर्कायो। ल्यान्डका लागि कप्तान हरिकेनले हेडर मार्फत गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काए।
कप्तान केनले खेलको ८६ औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई अग्रतामा ल्याए। ३ जना डिफेन्डरलाई बिट गर्दै केनले उत्कृष्ट फिनिस गरे।
सुरुवाती अग्रता जोगाउन नसक्दा डिआर कंगो भने विश्वकपबाट बाहिरिएको छ। डिआर कंगोलाई हराएसँगै आइतबार मेक्सिकोसँग मेक्सिको सिटी स्टेडियममा खेल्नेछ।






प्रतिक्रिया दिनुहोस्