सेनेगल बाहिरियो, बेल्जियम राउन्ड अफ १६ मा प्रवेश
फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत सेनेगललाई पराजित गर्दै बेल्जियम राउन्ड अफ १६ मा प्रवेश गरेको छ।सियाटल स्टेडियममा भएको खेलमा बेल्जियमले सेनेगललाई ३-२ले पराजित गरेको हो।
पहिलो हाफमा सेनेगलले १-० को अग्रता बनाएको थियो। दोस्रो हाफको सुरुवातमा नै सेनेगलले अग्रता दोब्बर बनायो। दोस्रो हाफमा सेनेगलले सुरुवाती दुई गोलको अग्रता जोगाउन सकेन। जसको फलस्वरूप सेनेगलले तीन मिनेटको फरकमा लगातार दुई गोल बेहोर्यो। निर्धारित ९० मिनेटमा खेल २-२ बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। अतिरिक्त समयको पनि अन्तिमतिर बेल्जियमले पेनाल्टी पायो। पेनाल्टीबाट गोल गर्दै बेल्जियमले ३-२ को अग्रता सहित विजय हासिल गर्यो।
खेलको २४ औं मिनेटमा हबीब डिआराले गोल गरेका हुन्। उनले पोलमा ठोक्किएर रिबाउन्डमा आएको बललाई फिनिसिङ टच दिएका हुन्।पहिलो हाफमा यहि गोलमार्फत सेनेगलले १-० को अग्रता बनाएको थियो।






प्रतिक्रिया दिनुहोस्