चर्चित नेताहरुसहित सर्लाहीमा १३३ जनाको उम्मेदवारी दर्ता

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लामा उम्मेदवारी दर्ता गर्नेको संख्या उल्लेख्य देखिएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल १३३ जनाले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतहरुका कार्यालयका अनुसार क्षेत्र नं– १ मा २९ जना, क्षेत्र नं– २ मा ३१ जना, क्षेत्र नं– ३ मा ३४ जना र क्षेत्र नं– ४ मा सबैभन्दा धेरै ३९ जनाले उम्मेदवारी दिएका छन् ।

frontline

यसपटक सर्लाहीमा स्वतन्त्र उम्मेदवारको संख्या पनि बाक्लो देखिएको छ । तीमध्ये धेरैजसो राजनीतिक दलका उम्मेदवारहरूले खडा गरेका तथाकथित ‘डमी’ उम्मेदवार रहेको चर्चा छ । निर्वाचन आयोगबाट पाइने सवारी साधन प्रयोग, प्रचारप्रसारलगायत सुविधा लिन सजिलो हुने भएकाले यस्ता उम्मेदवार अघि सारिने गरिएको बताइन्छ ।

सर्लाहीमा यस निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, राजेन्द्र महतो, महिन्द्र राय यादव, डा। अमरेश कुमार सिंहजस्ता राष्ट्रिय राजनीतिमा चर्चित नेताहरू चुनावी मैदानमा उत्रिएकाले यहाँको चुनावी नतिजा देशभर चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here