नेपाल–भारत जिल्ला स्तरिय सीमा समन्वय समिति (बिडिसीसी) को बैठक चन्द्रनिगाहपुरमा सम्पन्न!

सीमा क्षेत्रको विभिन्न नाकाहरु भएर भईरहेका अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्ने सहित विविध पक्षहरु माथि गहन छलफल गर्न नेपाल भारतका सुरक्षा पदाधिकारीहरुको समन्वयात्मक समिक्षा बैठक रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा नेपाल–भारत जिल्ला स्तरिय सीमा समन्वय समिति (बिडिसीसी) को बैठक चन्द्रनिगाहपुरमा विहिवार आयोजना गरेर सीमा वारपारबाट भईरहेका अवाञ्छित गतिविधिलाई पूर्ण रुपमा नियन्त्रण गर्नुका साथै विधि पक्षहरु माथि गहन छलफल गरेका हुन् ।

नेपालको तर्फबाट रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र भारत सीतामढीका डिएम रिची पाण्डेले नेतृत्व गरेका उक्त समन्वय बैठकमा लागुऔषधको अबैध ओसारपसार, अबैध हातहतियार, मदिराको ओसारपसार, संदिग्ध गतिविधिमा संलग्नहरुको सुचना एकअर्का समक्ष दिएर नियन्त्रणमा लिने र नक्कली नोटको कारोवार, सहित विभिन्न अपराधिक कार्यहरुलाई पूर्ण रुपमा नियन्त्रण गरेर सीमा क्षेत्रमा रहेका स्तम्भलाई सुरक्षित राख्न तथा सीमा क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न वृहद छलफल गरी परिपालना गर्न सहमती भएको बताइएको छ ।

frontline

उक्त सीमा समन्वय बैठकमा प्रजिअ भुसाल, एसपी रबीन कार्की, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, गौर भन्सार प्रमुख विकास कुमार रजक, नापी कार्यालय गौरका प्रमुख मोहन महासेठ, डिएफओ हेमन्तप्रसाद साह, सहायक प्रजिअ जितेन्द्रकुमार यादव, डिएसपी रुपा लाबुङ, प्रस्तावित गुल्म गौरका प्रमुख डिएसपी प्रेमसागर विस्ट र सन्तपुर बेसका डिएसपी राजेन्द्रबहादुर बस्नेत रौतहटबाट सहभागी रहे ।
यस्तै सर्लाहीका प्रजिअ रामुराज कडरिया, एसपी योगेन्द्रकुमार खड्का, सशस्त्र एसपी देबबहादुर चन्द, राष्ट्रिय अनुसन्धानका संजय मण्डल, मलंगवा भन्सार प्रमुख ठाकुर प्रसाद आचार्य तथा महोत्तरीका प्रजिअ इन्द्रदेव यादव, एसपी हेराम्बा शर्मा, सशस्त्र प्रहरीका एसपी शेरबहादुर अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक चन्दनकुमार झा सहितका पदाधिकारीहरुको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here