२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा रौतहटमा ७० विपन्न परिवारलाई न्यानो कम्बल वितरण
श्रीकांत यादव
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा रौतहट जिल्लामा सशस्त्र प्रहरी बल नेपालद्वारा कम्बल वितरणमा प्रमुख अतिथि सशस्त्र प्रहरी बल रौतहटका प्रमुख #रामहरि_अधिकारी ज्यु द्वारा कार्यक्रम सम्पन्न भएको छ।
ईशनाथ नगरपालिका–४ रामनगर (चमटोल) स्थित क्षेत्रमा सम्पन्न भएको हो। कार्यक्रम जिल्ला प्रशासन कार्यालय गौर, रौतहटको सहयोग, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटको समन्वय तथा वि.ओ.पि. रामपुर खापको सहकार्यमा आयोजना गरिएको थियो।
कार्यक्रमअन्तर्गत अति चिसो मौसम र शीतलहरबाट प्रभावित स्थानीय ७० जना विपन्न परिवारलाई ७० थान न्यानो कम्बल वितरण गरिएको छ। न्यानो कम्बल वितरण वि.ओ.पि. रामपुर खाप रौतहटका प्रमुख सशस्त्र प्रहरी निरीक्षक (स.प्र.नि.) #मन्दिरा_सुवालको कमाण्डमा ९ जना सशस्त्र प्रहरी टोलीद्वारा सम्पन्न गरिएको हो।
उक्त अवसरमा ईशनाथ नगरपालिकाका कार्यपालिका सदस्य हिरालाल राम र ईशनाथ नगरपालिका–४ का वडा सदस्य गगनदेव रामको रोहवर रहेको थियो। कार्यक्रममा रामपुर टोलका अपाङ्ग नागरिक तथा खाप टोलका दलित समुदायका नागरिकलाई पनि प्राथमिकताका साथ न्यानो कम्बल वितरण गरिएको जनाइएको छ।
चिसो मौसममा नागरिकप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै सशस्त्र प्रहरी बल नेपाल सधैँ जनताको साथमा रहेको सन्देश यस कार्यक्रमले स्पष्ट रूपमा दिएको स्थानीयवासीको भनाइ छ। यस्ता मानवीय तथा सामाजिक कार्यमार्फत सशस्त्र प्रहरी बल नेपालले समाजमा सकारात्मक छवि बनाउँदै आएको उनीहरूले बताएका छन्।
विपद् व्यवस्थापन, राहत तथा सहयोगमा सधैँ अग्रपंक्तिमा उभिँदै आएको सशस्त्र प्रहरी बल नेपालले गरेको यस कार्यको स्थानीय बासिन्दाले खुलेर प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन्।






प्रतिक्रिया दिनुहोस्