उखुको भुक्तानी माग्दै ज्ञापनपत्र

मलंगवा । सर्लाहीको धनकौल गाउँपालिकाका किसानहरूले अन्नपूर्ण सुगर मिल्सविरुद्ध रकम नदिएको आरोप लगाउँदै बिहिबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

किसानहरूले पटक–पटक माग गर्दा पनि र बिभिन्न समयमा जिल्ला प्रशासन कार्यालयमै बाँकी रकम भुक्तानी गर्ने भन्ने सहमति भएपनि हालसम्म रकम भुक्तानी नभएपछि अब आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।

frontline

ज्ञापनपत्रमा उल्लेख भए अनुसार धनकौल – २ स्थित अन्नपूर्ण सुगर मिल्सले गाउँपालिका स्थापना भएदेखि नै किसानहरूको उखु खरिद गर्दै आएको थियो। क्रसिंङ् सिजन २०७०÷०७१ देखि २०८१÷८२ सालसम्म किसानहरूले बिक्री गरेको उखुको रकम अझै नदिएको उल्लेख छ।

यस अघि २०८० साल फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा मिलले केहि दिनमा बाँकी रकम भुक्तानी गर्ने सहमति भए पनि मिल पक्षले हालसम्म कुनै रकम नदिएपछि किसानहरू पुनः प्रशासनमा पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here