सर्लाहीमा १७ वर्षअघि व्यापारी हत्या र लुटपाट प्रकरणका मुख्य आरोपी पक्राउ

xr:d:DAFQ4UFI_nI:701,j:44705391506,t:23040605

सर्लाही । सर्लाहीमा करिब १७ वर्षअघि भएको हत्या र डाँका घटनामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।जिल्लाको कबिलासी नगरपालिका – ६ का ठगा रायका छोरा २५ वर्षीय महेन्द्र रायलाई सर्लाही प्रहरीले पक्राउ गरेको हो । उनीमाथि कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरको आरोप लगाइएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार २०६३ साल माघ ७ गते साँझ करिब ७ः३० बजे तत्कालिन जमुनिया गाविस – ६ ( हाल कबिलासी नगरपालिका – ६ ) स्थित मदनपुर टोलमा व्यापारी राजेन्द्र प्रसाद चौधरीको हत्या भएको थियो ।चौधरी आफ्नो पसल बन्द गरी छोरा सन्तोष चौधरीले चलाएको मोटरसाइकलमा घर फर्किँदै गर्दा मदनपुरको पनपिया पोखरी नजिकै पुग्दा रायसहितका व्यक्तिहरूले उनीहरूलाई रोकेका थिए ।ती व्यक्तिहरूले चौधरीको साथमा रहेको रु. १६ हजार लुटेका र त्यसपछि महेन्द्र रायले गोली प्रहार गरी राजेन्द्र चौधरीको हत्या गरेको अभियोग छ । घटनापछि मृतकका छोरा सन्तोष चौधरीले माघ ८ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरी दर्ता गरी प्रहरीले घटनाको अनुसन्धान थालेको थियो ।वर्षौँदेखि फरार रहेका रायलाई सर्लाही प्रहरीले असोज ३१ गते दिउँसो करिब २ बजे पक्राउ गरेको जनाएको छ । हाल उनीमाथि प्रारम्भिक बयान लिएर सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here