चीनको गान्सु प्रान्तमा ५।६ रेक्टरस्केलको भुकम्प

काठमाडौं । चीनको उत्तरपश्चिम गान्सु प्रान्तको डिङ्सी सिटीस्थित लोङ्सी काउन्टीमा शनिबार ५।६ रेक्टरस्केलको भुकम्प गएपछि उक्त क्षेत्रभरि ठूलो धक्का महसुस गरिएको छ ।
सीसीटीभी क्यामेरामा कैद दृश्यमा घरभित्रको छतको बत्ती र विभिन्न पोखरीहरुमा भएका माछा जोडले हल्लिएको देखिन्छ । स्थानीय आवासीय क्षेत्रमा केही घर भत्किएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा तुरुन्तै उद्धार टोली परिचालन गरिएको छ । अग्नि नियन्त्रणका सवारी साधनहरू तीव्र गतिमा घटनास्थलतर्फ जाँदै गरेका देखिन्छन् भने परिचालित अग्नि नियन्त्रणकर्मीहरूले मलबा हटाउने र उद्धार कार्य सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here