“गर्भअवस्था र प्रसूति पछि पोषणको भूमिका : आमा र शिशुको स्वस्थ जीवनका लागि सुनौला हजार दिन”

बच्चा जन्मनु भन्दा अगाडी र बच्चा जन्मे पछि पोषणको भूमिका — Prenatal period भनेको महिलाहरूको गर्भ अबस्थाको पिरीयड हो । यो ०-२८० दिनको पिरीयडलाई prenatal पिरीयड भनिन्छ ।यो अबधिमा महिलाहरूमा स्वास्थ्य र पोषणले ठूलो भूमिका खेलेको हुन्छ ,यो अबस्थालाई महत्वपूर्ण अबस्था मानिन्छ ,यो अबस्थामा गर्भबती महिलाहरूले पोषणयुक्त खानेकुराहरू खाइरहेको छ भने बच्चा र आमा दुबैको स्वास्थ्य स्थिति राम्रो हुन्छ ।गर्भ देखिनै उनीहरूलाई शरिर बिकासको लागि पौष्टिक पदार्थ आबश्यक पर्ने हुनाले यो अबस्थामा पोषिलो भोजन प्रशस्त खान पाएका आमाहरूबाट जन्मेका शिशुहरूको शारीरिक बनावट पनि अरू साधारण शिशुहरूको भन्दा पुष्ट र गहकिलो हुन्छ । पोषण युक्त खाना भन्नाले ठोस र तरल पदार्थ रहेको हुन्छ । जुन पोषणबाट शक्ति दिने ,शारिरीक बृद्धी गर्ने ,बिकास गर्ने ,रोग सँग लड्ने शक्ती प्रदान गर्ने हुन्छ ।

आमाको गर्भमा ३ महिना देखिनै बच्चाहरूको brain बन्न शुरू हुने हुनाले गर्भबति महिलाले एकदमै बच्चा र आफ्नो ध्यान दिनुपर्ने हुन्छ ।आइरन र क्याल्सियम भएका खानेकुराहरू प्रशस्त मात्रामा खानुपर्दछ ।यो अबस्थालाई नेपाल सरकारले पनि सुनौला हज़ार दिन भनेर कार्यक्रम लेराएको छ । Folic Acid 600 -800 ,क्याल्सियम 1200 मिलीग्राम , क्यालोरी तीन महिना पछि 300 , आइरन -27 मिलीग्राम (daily requires ) आबस्क पर्दछ ।त्यस्तै postnatal period भनेको बच्चा जन्मेपछिको पिरीयड हो यो अबस्थामा पनि पोषणको हिसाबले बच्चा दुई वर्ष हुन्जेल सम्म आमाले प्रशस्त मात्रामा पोषणयुक्त खानेकुराहरू खानुपर्दछ । बच्चालाई जन्मेदेखि ६ महिना सम्म प्रशस्त मात्रामा आमाको दूध खुलाउनु पर्छ ,त्यसकारण आमाले पोषणयुक्त खानेकुराहरू जस्तो ज्वानोको झोल ,चाकु र अरू झोलिलो कुराहरू बढ़ी मात्रामा खानुपर्दछ ।

frontline

यो अबस्थामा आमाले अरू बेलामा भन्दा बढ़ी खानुपर्दछ । यो बेलामा १८०० क्यालोरी खानुपर्ने हुन्छ ।नेपाल सरकारले त्यही भएर हरेक बार खाना चार भनेर हेल्थ प्रोजेक्टहरू लेराएको छ ।Dairy product -calcium & vitamins, बिभिन्न किसिमका खानेकुराहरू मुख्य protein, calcium-Body build , हड्दीको बिकास बच्चा पाइसकेपछि काउन्सेलींग सुन्नु पर्छ , बिज्ञापनहरू हेर्ने , संतुलित भोजनको साथसाथै Iron, calcium 1300 मिलीग्राम दिनकै खानुपर्दछ ।हरेक दिन 1800 क्यालोरी खानुपर्दछ । तर नेपालमा धेरै महिलाहरुमा पोषणको महत्वको बारेमा जानकारी नहुँदा कतिपय बच्चाहरू कुपोषण हुन पुगेका छन् ।

कतिपय महिलाहरूले अकालमा ज्यान गुमाइरहेका छन् पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न स्थानीयस्तरमा सम्बन्धित निकायहरूबाट तालिम, गोष्ठी तथा प्रचारप्रसारका कार्यक्रमहरू सञ्चालन गरिनुपर्दछ । पोषण कार्यक्रममा निजी तथा गैरसरकारी क्षेत्रलाई सहभागि गराउन प्रोत्साहन गर्दै लैजान जरुरी छ यसमा सम्बन्धित निकायकाे ध्यानाकर्षण हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here