उत्तराखण्ड बाढीमा अझै २६ नेपाली बेपत्ता (सूचीसहित)

२७ साउन, काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर अझै २६ जना नेपाली सम्पर्कविहीन रहेको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले बेपत्ताहरूको सूची सार्वजनिक गर्दै उत्तर काशीमा २१ र पौडी गढवालमा ५ नेपाली बेपत्ता रहेको जानकारी गराएको छ ।

frontline

दूतावासले स्थानीय भारतीय अधिकारीहरूसँग समन्वय गरी हराइरहेकाहरूको खोजी कार्यका लागि पहल गरिरहेको विज्ञप्तिमार्फत जनाएको छ ।

यसअघि सोही बाढीमा बेपत्ता भएकामध्ये १३ जना नेपालीको सकुशल उद्धार गरिएको थियो ।

उत्तरकाशी जिल्लाको धराली बजारमा बाढीले सबैभन्दा बढी क्षति गरेको छ । धराली समुद्री सतहबाट झन्डै ३ हजार १०० मिटरको उचाइमा छ । यो चारधाम यात्रा मार्ग पनि हो ।

यहाँबाट गंगोत्री करिब २० किलोमिटर टाढा छ । त्यसक्षेत्रमा सुदूरपश्चिमका धेरै नेपालीहरू काम गर्नका लागि जाने गरेका छन् ।

उत्तराखण्ड बाढी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here