९ वर्षको प्रेम सम्बन्धपछि रोनाल्डो–जर्जिना वैवाहिक बन्धनतर्फ

News Summary

Generated by OK AI. Editorially reviewed.

  • पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले दीर्घकालीन प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह पक्का गरेका छन्।
  • दुई जोडीले प्रेम सम्बन्धमा रहेको ९ वर्षपछि इन्गेजमेन्ट गरेका हुन्।
  • जर्जिनाले सामाजिक सञ्जालमा विवाहलाई लिएर उत्साहित रहेको लेखेकी थिइन्।

frontline

२७ साउन, काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी दीर्घकालीन प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह पक्का गरेका छन्। प्रेम सम्बन्धमा रहेको ९ वर्षपछि दुईले इन्गेजमेन्ट गरेका हुन् ।

जर्जिनाले सामाजिक सञ्जालमार्फत ठुलो औंसहितको फोटो पोस्ट गर्दै स्पानिस भाषामा विवाहलाई लिएर उत्साहित रहेको कुरा लेखेकी थिइन्। रोनाल्डोले भने यसबारे अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्।

रोनाल्डो र जर्जिना नौ वर्षदेखि सँगै छन्। उनीहरू मड्रिडको गुच्ची पसलमा भेटिएका थिए, जहाँ जर्जिना काम गर्थिन् र रोनाल्डो रियल मड्रिडका लागि खेलिरहेका थिए।

हाल साउदी क्लब अल-नासरका खेलाडी रोनाल्डोका पाँच सन्तान छन्, जसमा दुईजना जर्जिनासँगको सम्बन्धबाट जन्मिएका हुन्। सन् २०२२ अप्रिलमा उनीहरूको कान्छी छोरी बेला जन्मिएकी थिइन्, तर त्यसै समयमा जन्मिएको छोरा मृत जन्मिएको थियो।

३१ वर्षीया जर्जिनाले रोनाल्डोका अन्य तीन सन्तानको पनि हेरचाह गरेकी छन्।

क्रिस्टियानो रोनाल्डो जर्जिना रोड्रिगेज

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here