प्रधानमन्त्रीबाट राष्ट्रिय झण्डा लिई इण्डोनेसिया जाँदै पर्वतारोही प्रकाशराज पाण्डे

आरोही प्रकाशराज पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहण अभियानमा सफलताको शभु कामना दिई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन्।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • पर्वतारोही प्रकाशराज पाण्डेले ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो कास्ट्रेन्स्ज पिरामिड हिमाल आरोहण गर्ने भएका छन्।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना दिएका थिए।
  • पाण्डेले सातै महादेशका अग्ला हिमाल आरोहण गर्दै जलवायु परिवर्तनको मुद्दा उठाउने बताए।

२५ साउन, काठमाडौं। विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहका पर्वतारोही प्रकाशराज पाण्डे कास्ट्रेन्स्ज पिरामिड भनिने ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो हिमाल आरोहण गर्ने भएका छन्।

आरोही प्रकाशराज पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहण अभियानमा सफलताको शभु कामना दिई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै अभियानमा सफल रही स्वदेश फर्किन शभुकामना दिएका थिए।

आरोही पाण्डे अगष्ट ११ मा इण्डोनेशियातर्फ प्रस्थान गर्दैछन् । सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमाल सहित दर्जनको संख्यामा सफल आरोहण गरिसकेका पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान सुरु गर्दै २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रेस आरोहण गरेका थिए।

सोही वर्षको नोभेम्बरमा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको सफल आरोहण गरेका थिए। पाण्डले यसैवर्ष फेब्रुअरीमा अर्जेन्टिनामा रहेको दक्षिण अमेरिकी महादेशको उच्च शिखर अकोन्कागुआको सफल आरोहण पनि गरिसकेका छन्।

सन् २०१६ देखि पर्वतारोहण सुरु गर्दै २०१८ मा सगरमाथाकोआरोहण गरेका थिए । त्यसयता निरन्तर हिमालहरू चढिरहेका पाण्डले सेभेन समिटको विशेष अभियानको शुरुवात गरी नियमित अन्तरालमा महादेशीय उच्च हिमालको आरोहण गर्दै आइरहेका छन्।

पवर्तारोही पाण्डेले यो अभियानमार्फत जलवायु परिवर्तनको मुद्दा उठाउने बताए ।

इण्डोनेसिया |पर्वतारोही |प्रकाशराज पाण्डे

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here