सर्लाहीको भरत तालमा युवतीको शव फेला

१४ साउन, जनकपुरधाम । सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा एक युवतीको शव फेला परेको छ ।

अन्दाजी २२ वर्षीया युवतीको शव आज दिउँसो फेला परेको हो । अहिलेसम्म उनको सनाखत हुन नसकेको सर्लाही प्रहरीले जनाएको छ ।

frontline

हरियो कुर्ता र निलो जिन्स पेन्ट लगाएकी युवती तराइमुलको देखिन्छन् ।

शव तालमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

भरत ताल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here