एक वर्षमा उदयपुरका आठ हजार बढीले लिए राहदानी

समाचार सारांश

  • उदयपुरमा एक वर्षमा ८ हजार ३६५ जनाले राहदानी लिएका छन्।
  • राहदानी लिनेमा ५ हजार ६४२ पुरुष र २ हजार ७२२ महिला रहेका छन्।
  • प्रारम्भिक अध्ययनले वैदेशिक रोजगारीको लागि राहदानी बनाइएको देखाएको छ।

उदयपुर । एक वर्षको अवधिमा उदयपुरका झण्डै साढे आठ हजार जनाले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार आर्थिक वर्ष २०८१ को साउनदेखि २०८२ को असार मसान्तसम्ममा जिल्लाभरिबाट आठ हजार ३६५ जनाले राहदानी लिएका हुन् ।

frontline

राहदानी लिनेमध्ये पुरुषको सङ्ख्या बढी रहेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । राहदानी लिनेहरुमा पाँच हजार ६४२ जना पुरूष रहेका छन् भने दुई हजार ७२२ जना महिला रहेका छन् । 

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार वैदेशिक रोजगारीमा जाने प्रयोजनकै लागि राहदानी बनाएको प्रारम्भिक अध्ययनले देखाएको छ । देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा र श्रमको मूल्य नपाउँदा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या निरन्तर वृद्धि हुँदै गएको जिल्लाका जानकारहरूले बताउँदै आएका छन् ।

राहदानी#उदयपुर

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here