प्रतिनिधिसभा बैठक बस्दै, २ विधेयक प्रस्तुत गरिने

News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ र दुईवटा विधेयक प्रस्तुत गरिने कार्यसूची छ।
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
  • आज तीन वटा संसदीय समितिका बैठकहरू पनि बस्नेछन् जसमा अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक हुनेछ।

८ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

frontline

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here