रुकुमपूर्वमा च्याउ खाएर बिरामी भएकी थप एक बालिकाको मृत्यु

७ साउन, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका चारमध्ये थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचाररत ७ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।

frontline

यसअघि मंगलबार दिउँसो करिब ३ बजे भाग्यरेखाका भाइ तीन वर्षीय योजन विकको सल्यान अस्पतालमा मृत्यु भएको थियो ।

घटना आइतबार बेलुकीको हो । एउटै परिवारका चार जनाले जङ्गली च्याउ खाएपछि बिरामी भएका थिए ।

प्रहरीका अनुसार च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकलाई पनि सल्यानबाट दाङ रिफर गरिएको छ ।

आमा ३५ वर्षीया राजकुमारी विकको अवस्था मध्यम रहेको छ । उनको रुकुमपश्चिमको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

जंगली च्याउ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here