७ घण्टादेखि च्यासलमा एमाले बैठक

१ साउन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो २ बजेदेखि बसेको बैठक अहिले पनि जारी नै छ ।

यो समाचार तयार पार्दासम्म बैठक सुरु भएको ७ घण्टा बितिसकेको छ ।

frontline

तर, नेताहरू लगातार छलफल गरिरहेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले राजनीतिमा आउने घोषणा गरेपछि बसेको यो पहिलो सचिवालय बैठक हो ।

बैठकको एजेन्डा भने विधान महाधिवेशन र त्यसको तयारी रहेको छ । यद्यपि, बैठकको सुरुमै अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले उनको राजनीतिक यात्राबारे चासो राखेका थिए ।

च्यासल |नेकपा एमाले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here